Logo
Logo

राजेन्द्र महतोद्धारा केन्द्रीय समिति बैठक बहिस्कार


2.7k
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेनद्र महताले केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । गत असोजमा पदाधिकारीसहित केन्द्रीय समिति विस्तारका विषयलाई लिएर असन्तुष्टि जनाउँदै आएका नेता महतो आजको बैठकमा अनुपस्थित भएका हुन् ।

केन्द्रीय समिति विस्तारपछि पहिलो पटक आज बैठक बस्दैछ । पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षले तराई–मधेशमा क्रियाशील नेताहरूलाई छुटाएर आफूखुसी केन्द्रीय समिति विस्तार गरेको भन्दै नेता महतोले असन्तुष्टि जनाएका छन् । अध्यक्ष ठाकुरलाई आफूले निर्णय सच्याउन भनेको र नसच्याइसम्म केन्द्रीय समितिको बैठकमा सहभागी नहुने महतोले बताए ।

लोसपामा ६३ पदाधिकारीसहित ३११ सदस्यीय कार्य समिति छन् । केन्द्रीय समितिमा एकजना अध्यक्षसहित तीनजना वरिष्ठ नेता, एकजना वरिष्ठ सहअध्यक्ष, ६ जना वरिष्ठ उपाध्यक्ष, १५ उपाध्यक्ष, १६ महासचिव, ८ सहमहासचिव, ११ सचिव, कोषाध्यक्ष दुई जना, प्रवक्ता एक जना र सह कोषाध्यक्ष एक जना रहेका छन् ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रियसभाको निर्वाचन, केन्द्रीय समिति विस्तारलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

यस्तै, संगठन निर्माण, भ्रातृ संगठन विस्तारलगायतको विषयमा पनि छलफल हुने तय भएको छ । जसपाबाट अगल भएपछि गठन भएको लोसपाले पछिल्लो समय प्रभाव जमाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्