
काठमाडौं । नेपाली बजारमा गत साता लगातार उकालो लागेको सुनको भाउ आज सताको पहिलो दिन (आइतबार) ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक हजार ३ सय रुपैयाँले ओरालो लागेको हो ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार एक लाख १८ हजार ८ सय रुपैयाँमा छापावाल सुन, एक लाख १८ हजार २५० मा तेजाबी सुनको कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४२५ रुपैयाँ कायम भएको छ । शुक्रबार एक हजार ४६० रुपैयाँमा कारोबार चाँदी आज ३५ रुपैयाँले घटेको महासंघले जनाएके छ ।














