Logo
Logo

दुर्घटनामा शिक्षक-कर्मचारीको मृत्युपछि चितवनको बरुवा बजार बन्द


630
Shares

चितवन । सवारीसाधन दुर्घटनामा शिक्षक(कर्मचारीको मृत्यु भएपछि चितवनको माडीस्थित बरुवा बजार बन्द गरिएको छ ।

माडी नगरपालिकाले आज सबै विद्यालयमा शोक बिदा दिएको छ । माडीको बरुवा पुलमा हिजो (शनिबार) साँझ लु.२च २५०८ नम्बरको जिपले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकलाई ठक्कर दिँदा माडीका सूर्य अधिकारी र सुर्खेतका वेग खत्रीको मृत्यु भएको थियो ।

मोटरसाइकलमै रहेका स्याङ्जा घर भएका भवानीप्रसाद पौडेल घाइते छन् । उनको बघौडा अस्पतालमै उपचार भइरहेको छ ।

उनीहरु तीनैजना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत थिए । मृतक खत्री र घाइते पौडेल शिक्षक हुन् भने अधिकारी विद्यालयका लेखापाल थिए ।

यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिका १०, सिद्धार्थ चोकस्थित भित्री सडकमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

शनिबार साँझ राप्ती ड्यामबाट पर्सा बजारतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किँदा चालक मनीष भट्टराईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्