Logo
Logo

एनसेल सेयर बिक्रीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा


441
Shares

काठमाडौं । एजियाटा कम्पनीले एनसेलको सेयर बिक्रीमा अनियमितता गरेकको भन्दै दायर गरेको रिट निवेदन आज सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।

अनियमित रूपमा राज्यलाई नोक्सानी हुनेगरी भएको सेयर खरिद बिक्री रोक्न माग गर्दै प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।

शुक्रबार दायर उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार पनि पेसी तोकिएको थियो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्