Logo
Logo

प्रतितोला ५ सय रुपैयाँले घट्यो सुनको भाउ



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन र चाँदीको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको हो ।

सोमबारका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ४५० कायम गरिएको महासंघले जनाएको छ ।

आइतबार छापवाल सुन प्रतितोला एक लाख १७ हजार ५ सय रुपैयाँमा र तेजावी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी एक हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्