Logo
Logo

राष्ट्रियसभा निर्वाचन : पाँच दलले दल दर्ता गराए


1.2k
Shares

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लाागि पाँच राजनीतिक दलले दल दर्ताको गराएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आज मध्यान्हसम्म पाँच दलले दल दर्ता गरेका हुन् ।

राष्ट्रियसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत र नेपाल मजदूर किसान पार्टीले निर्वाचन आयोगमा निवेदन दिएका हुन् । नेपाली कांग्रेस, जसपा र लोसपा लगायतका दलले सोमबारसम्म दल दर्ता गरेका छैनन् । उनीहरुले सम्भवतः आज दल दर्ता गर्ने आयोगका एक पदाधिकारीले बताए ।

आयोगले दल दर्ताका लागि २४ गते आइतबारबाट मंसिर २९ गतेसम्म समय दिएको छ । माघ ११ गते राष्ट्रियसभाको २० मध्ये १९ पदमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्