Logo
Logo

बीवाइडीद्वारा नेपालभर फास्ट चार्जिङ्गको विस्तार, पहिलो चरणमा ११ डीसी चार्जरको जडान



काठमाडौं । बीवाइडी अटो उद्योग कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले देशका मुख्य मुख्य स्थानमा ११ स्थानमा डीसी फास्ट चार्जर जडान गरेको छ ।

नयाँ जडित डीसी फास्ट चार्जर देशका मुख्य शहरहरु पोखरा, नेपालगंज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएको हो । यी चार्जर स्टेशनहरुमध्ये, १० ओटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छ भने मुलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जरबाट सुसज्जित रहेको साइमेक्सले जनाएको छ ।

यसरी, साइमेक्सद्वारा पहिले नै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको हो । यी चार्जिङ्ग पुर्वाधारहरुको सर्वसुलभ र व्यापक स्थापनाले विद्युतीय सवारी साधनमा दिगो समाधान खोज्ने कम्पनीले स्पष्ट पारेको छ ।

चार्जिङ्ग स्थानहरु ठ्याक्कै कहाँ छन् ? र, तिनको सम्पर्क नम्वरका लागि साइमैक्सको अधिकारिक वेबसाइट http://cimex.com.np/charging–stations मा गएर हेर्न सकिनेछ ।

बिद्ध्युतीय साधन चार्जिङ्ग स्टेसनको बढ्दो मागको सम्बोधन गर्दै साइमेक्सले चार्जिङ्ग नेटवर्कहरुको थप विकास र विस्तार गर्ने योजना राखेको छ । साथै, डिसेम्बर २०२३ को अन्त्यसम्ममा थप १८ वटा फास्ट चार्जरहरु पनि संचालनमा ल्याउने साइमेक्सले जनाएको छ ।

बीवाइडी अटो–३ का लागि लागि ८८ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ्गको प्रयोग गर्न सकिन्छ भने बीवाइडी डोल्फिनमा ६० किलोवाटसम्मको चार्ज दिन सकिन्छ । यसले ३० देखि ४५ मिनेटमा बीवाइडी बिद्ध्युतिय साधनहरुलाई ८० प्रतिशतसम्म चार्ज गर्न सकिने साइमेक्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्