Logo
Logo

एकथरीको रातदिन सरकार ढाल्ने कसरत भइरहेको छ : प्रधानमन्त्री


693
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपाली युवाको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकमा यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेकाहरु रुसी सेनामा भर्ती भएको जानकारी पाएको बताए । उनले अहिले उनीहरुको खोजी र अध्ययन कार्य भइरहेको पनि बताए । रुसी सेना बनेका नेपालीहरु कोही युक्रेनको कब्जामा रहेको र केही युक्रेनी सेनामा रहेको समेत औपचारिक जानकारी आएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि प्रक्रियातिर बढिरहेको बताउँदै भने, ‘चाहे रुस युक्रेनको युद्ध होस् हामीले बडो नयाँ फेनामेनाको सामना गर्नुपरेको छ । रुसी सेनामा पनि नेपाली युवाहरू गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो । अब २ सय भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ ।’

उनले अगाडि थपे, ‘युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्यांक हामी खोज्दैछौँ । विगतमा यस्तो देख्न व्यहोर्न पर्दैन थियो । अहिले परिरहेको छ । इजरायल र हमासमा १० जना नेपालीको ज्यान गयो १ जना बेपत्ता छन्, उनलाई फिर्ता ल्याउने अन्तिम प्रक्रियातिर बढिरहेका छौँ ।’

प्रधानमन्त्री प्रचण्डले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको समेच दावी गरे । ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने के के भन्ने त रातदिन एकथरीको खेल कसरत भइ नै रहेको छ’ उनले भने, ‘तर मैले हेर्दा र गठबन्धनका बैठकहरू सबै गर्दा केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ ।’

प्रतिक्रिया दिनुहोस्