Logo
Logo

मंसिर २८ गतेदेखि काठमाडौंमा हस्तकला व्यापार मेला आयोजना हुने


567
Shares

काठमाडौं । २०औं हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगीता मंसिर २८ गतेबाट काठमाडौंमा हुने भएको छ ।
नेपाल हस्तकला महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गते देखि पुष २ गतेसम्म काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा मेला आयोजना हुने जानकारी दिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडलबाट उद्घाटन हुने मेलामा हस्तकलाका करिव १ सय ३० वटा स्टल रहने महासंघका अध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए । मेलामा विदेशी प्रदर्शनकर्तामा पाकिस्तान, बंगलादेश समेत रहेको उहाले बताए ।

नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवद्र्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले बर्सेनि मेला आयोजना गर्दै आएको अध्यक्ष शाक्यले जानकारी दिए ।

मेलाको प्रमुख आर्कषणको रुपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहने महासंघले जनाएको छ । जसअन्तर्गत परम्परागत विधा तर्फ ‘पौभा’ र समसामयिक विधातर्फ ‘छ्वाली कला’ मा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा उत्कृष्ट घोषित ३ जना कलाकारहरुमध्ये प्रथम, द्वितिय र तृतियलाई क्रमश रु ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको महासंघका अध्यक्ष शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्