Logo
Logo

लेबल उल्लेख नगरी दूध बिक्री गर्ने डेरीलाई ३ लाख जरिवाना


1.1k
Shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुग्ध पदार्थमा लेबल उल्लेख नगरी बिक्री वितरण गर्ने एक डेरी उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

विभागको बजार अनुगमन टोलीले सोमबार भक्तपुरको एक डेरीलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो । उक्त डेरीले पुरानो दूधलाई पुनः नयाँ प्याकिङ गरेर बजारमा पठाउन लागेको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो ।

उपभोक्ता संरक्षण ऐनअनुसार अत्यावश्यक पेय पदार्थ दूधमा अनिवार्य रुपमा उत्पादन, उपभोग्य र वस्तुको परिमाण र गुणस्तरसहितको लेबल उल्लेख गरिनुपर्छ । तर उक्त डेरीले सो नियम पालना नगरेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्