Logo
Logo

मुख्यमन्त्रीलाई पहिचानवादीले देखाए कालोझन्डा, गाडीमा ढुंगा प्रहार


2k
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की चढेको गाडीमा पहिचानवादीले ढुंगामुढा गरेका छन् ।

आज झापाको दमकमा पहिचानवादीले कालो झण्डा देखाउँदै मुख्यमन्त्री चढेको प्रदेश १–०४–००१ झ ०००३ नम्बरको गाडीमा ढुंगामुढा गरेका हुन् । ढुंगामुढाबाट गाडीको सीसा फुटेको छ ।

झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए ।

प्रदेशसभाबाट १७ फागुनमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरले नाम संशोधनको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

मुख्यमन्त्री कार्की विरुद्ध पहिचान पक्षधरले कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्