Logo
Logo

नक्कली कागजात बनाउने नेपाल एअरलाइन्सका अधिकृत पक्राउ


2.9k
Shares

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का अधिकृत होमनाथ पोखरेल पक्राउ परेका छन् ।

भिजिट भिसामा खाडीका देश पठाउन नक्कली कागजात बनाउने काममा सहयोग गरेको आरोपमा पोखरेललाई मङ्गलवार पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए । पक्राउ परेका पोखरेलमाथि थप अनुसन्धान भइरहेको छ ।

नक्कली कागजात प्रकरणमा प्रहरीले कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्