Logo
Logo

भाटभटेनीले ल्यायो एक महिने ‘विन्टर अफर’



काठमाडौं । भाटभटेनी सुपर स्टोरले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर एक महिने ‘विन्टर अफर’ ल्याएको छ ।
भाटभटेनी सुपर स्टोरले सार्वजनिकको अफरअनुसार दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५ प्रतिशत, विद्युतीय सामग्रीमा २० प्रतिशत र बाँकी सबै प्रकारका सामग्री खरिदमा १० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।

त्यस्तै, पेपे आइसक्रिम खरिदमा एक किन्दा अर्को एक आइसक्रिम प्राप्त गर्न सकिने छ । यो योजना पुस १ गतेदेखि एक महिनासम्म लागु हुने सुपर स्टोरले जनाएको छ । भाटभटेनी सुपर स्टोरका २६ वटै स्टोरबाट यो योजनाको फाइदा लिन सक्नेछन् ।

भाटभटेनी सुपर स्टोरमा अहिले एक लाख पचास हजारभन्दा बढी प्रकारका सामग्री रहेका छन् । यी सबै प्रकारका सामग्री खरिदमा ‘विन्टर अफर’मा दिइएको छुट प्राप्त गर्न सकिने पनि भाटभटेनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘देश आर्थिक मन्दीले आक्रान्त भएकोछ, यस्तो दुःखको बेलामा आम उपभोक्ताले केही सहुलीयत प्राप्त गर्न सकुन् भनेर हामीले यो योजना ल्याएका हौँ’, भाटभटेनी सुपर स्टोरका चिफ अपरेटिङ् अफिसर्स पानु पौडेलले भने, ‘विद्युतीय सामग्री खरिद गर्दा २०, दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५ प्रतिशत र अरु जुनसुकै सामग्री खरिद गर्दा १० प्रतिशत छुट पाइने व्यवस्था मिलाएका छौँ ।’

व्यवसायीयले नाफा आर्जन गर्नेमात्रै नभई आम उपभोक्तालाई सहुलीयत दिने विषयमा पनि ध्यान पु-याउनुपर्छ भनेर यस्तो योजना सार्वजनिक गरिएको उनले बताए । बजारमा चिनीको हाहाकार भइरहेका बेलामा पनि हामीले सुपथ मूल्यमा उपभोक्तालाई चिनी उपलब्ध गराएको यहाँहरुमा विदितै छ । भाटभटेनीले यसअघि दशैं तिहार र छठ पर्वको अवसरमा पनि विशेष छुट प्रदान गरेको थियो । आम उपभोक्ता केन्द्रित भएर भाटभटेनीले यस्ता योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्