काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारलाई ५३बुँदे सुझाव दिएका छन् । सरकारले आफ्नो कार्यशैलीमा सुधार गरी जनतालाई परिवर्तनको प्रत्याभूति दिलाउनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष यादवले सुझाव प्रस्तुत गरेका हुन् ।
सोमबार जारी गरेको सुझाव पत्रमा भनिएको छ, ‘शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, सञ्चार लगायतका क्षेत्रमा व्यापक सुधार गरी विकास निर्माणका कार्यलाई गति दिन र मुलुकमा सुशासन कायम गर्दै संविधान संशोधनसहित संघीयताको प्रभावकारी कार्यान्वयन लगायतका सम्बन्धमा सत्ता गठबन्धनको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले सुझावसहित ५३ बुँदे प्रस्ताव पेश गरेका हुन्।

प्रधानमन्त्रीसहित चार दलीय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरु तयार गर्न जसपालाई जिम्मेवारी दिएको थियो । त्यहीअनुसार अध्यक्ष यादवले सुझाव पेश गरेका हुन् । सुझावमा प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ बमोजिम प्रहरी समायोजन गर्नुपर्ने, संघीय निजामति ऐन अध्यादेशद्वारा जारी गरी कर्मचारी समायोजनसम्बन्धी कार्य सम्पन्न गर्न र प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउन पर्ने सुझाव छ ।














