Logo
Logo

पूर्व मिस नेपाल श्रृंखलाले कसिन् लगनगाँठो


3.6k
Shares

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसेकी छिन् ।

खतिवडाले आज (बिहीबार) होटल हायातमा शिरोहियासँग लगनगाँठो कसेकी हुन् । उनीहरुले विगत केही समयदेखिकाे प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् ।

श्रृखला २०१८ की मिस नेपाल विजेता हुन् । उनले सोही वर्षको मिस वल्डको महत्वपुर्ण विधा ब्युटी विथ पर्पज जितेकी थिइएन् ।

प्रतिक्रिया दिनुहोस्