
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी बुझाएर जेलमुक्त हुन लागेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान गर्ने भएका छन् ।
उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणलाई धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो । तर, सम्पत्ति शुद्धीकरण र अख्तियारले थप अनुसन्धान गर्ने भएपछि खाँड तत्कालै रिहा हुने सम्भावना कम हुँदै गएको छ ।
उच्च अदालतको आदेश अनुसार जिल्ला अदालतमा धरौटी बुझाएपछि खाँड आजै त्यहाँबाट रिहा हुन्छन् । तर, धरौटी बुझाएपछि खाँणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइने भएको छ । सम्पत्ति शुद्धीकरण र अख्तियारले यस विषयमा थप अनुसन्धान गर्ने छ । सम्पत्ति शुद्धीकरण र अख्तियारले थप तथ्य प्रमाणका आधारमा उनलाई पुनः जेल पठाउने सम्भावना पनि रहन्छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेर सम्पत्ति आर्जन गरेको भन्दै खाँणलाई उपस्थित गराउन सम्पत्ति शुद्धीकरण र अख्तियारले कारागारमा पत्र पठाएको थियो ।














