Logo
Logo

जसपाको गोरखा जिल्ला समिति पुनर्गठन


567
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को गोरखा जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार जिल्लामा आयोजित कार्यक्रमबाट कुलमान गुरुङको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा कविन्द्र अधिकारी, सचिव पार्वती मास्के, सहसचिव पवित्रा बराम र कोषाध्यक्ष नानीमाया कार्की चयन भएका छन् ।

गण्डकी प्रदेशअन्तर्गतका जिल्ला समिति पुनर्गठन कार्यलाई पार्टीले तोकेको पुस मसान्तसम्मको समयावधीमा सम्पन्न गर्ने गरी निर्देशन दिइएको केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् सो प्रदेश समितिका इन्चार्ज शिबलाल थापा मगरले जानकारी दिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000