
काठमाडौं । मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको हो ।
दुर्गटनामा परी तनहुँ भानु नगरपालिका १ साजबोटेका १० वर्षीया असिमा साही, भानु नगरपालिका ३ चाम्बासका २१ वर्षीया सबिता सुनार, १९ वर्षीया सबिना सुनार, मोरङ कटेरी गाउँपालिका २ का ३० वर्षीय प्रदीप गोदार रहेका छन् ।
त्यस्तै भोजपुर टेम्केमैयुङ गाउँपालिका ९ हिलेखर्कका सुरन राई, व्यास नगरपालिका २ का पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका १ का ज्ञानदेवी श्रेष्ठ र स्नेहा श्रेष्ठ, व्यास नगरपालिका २ का एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका ५ छिम्केश्वरीका पूर्णबहादुर गुरुङ पनि घाइते भएका छन् ।
भानु नगरपालिका १ साझबोटेका बबिता थापा, नविन थापा, दुर्गा थापा, नविना थापा, व्यास नगरपालिका २ डाङग्रे खोल्सीका दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका ९ हिलेखर्कका सुमित्रा राई, व्यास नगरपालिका ११ मूलपानीका जुनु भट्टराई र पूर्णिमा भट्टराई घाइते भएका छन् ।
घाइतेमध्ये दश जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।














