Logo
Logo

बीमा सेवा भुइँ मान्छेसम्म पुग्नुपर्छ : अध्यक्ष सिलवाल



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमाको पहुँच सरकारदेखि भुईमान्छेसम्म पुग्न पुग्नुपर्ने बताएका छन् । सामाजिक सुरक्षाका नाममा सरकारले खर्बाै पैसा बाँढ्न छाडेर बीमामार्फत अघि बढ्नुपर्ने उनको भनाइ छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अन्तरक्रिया सहभागी हुँदै उनले भने, ‘हाम्रो देशमा सरकारले नै बीमाका बारेमा बुझेको छैन्, भुई मान्छेहरुसम्म पुग्नका लागि उनीहरुको आवश्यकता अनुसारको पोलिसी बनाउन सकिएको छै्रन । अब बीमा सेवा सरकारदेखि भुई मान्छेसम्म पुग्नुपर्छ ।’

उनले सरकारले बहन गर्न नसक्ने दायित्व बीमा क्षेत्रले बहन गर्न सक्ने बताए । उनले भने, ‘सरकारले आफ्नो भौतिक पुर्वाधार सम्पत्ति लगायतका दायित्वको बीमा गर्नुपर्छ । साथै, बीमाको सबै भन्दा बढी आवश्यकता भुइ मान्छेहरुलाई छ । उनीहरुलाई बीमाको दायामा ल्याउने काम हामीले गर्नुपर्छ । बीमा कम्पनीहरुले पनि इनोभेटीभ प्रडक्ट ल्याउनुपर्नेमा उनले जोड दिए ।

यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले राष्ट्रिय बीमा नीति हालै मन्त्रिपरिषद्बाट स्वीकृत भएको बताउँदै बीमा क्षेत्रको विकासमा त्यसले ठूलो भूमिका खेल्ने दावी गरेका थिए ।

उनले बीमा नियमावली २०८० स्वीकृतिका लागि अर्थमन्त्रालयमा पेश भएको बताउँदै बीमा नियमावली स्वीकृति भएपछि बिमित हित संरक्षण कोष, बीमा विकास कोष, बीमा सुचना केन्द्रहरु स्थापना गर्न बाटो खुल्ने बताए ।

कार्यक्रममा सहभागी नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक पौडेलले विद्यार्थीबाट बीमा सम्बन्धी चेतना बढाउने काम गनुपर्ने धारणा राखे । उनले भने, ‘हामीले विद्यार्थीमा बीमा सम्बन्धी जागरण ल्याउन सकेमा उनीहरुले घरका अन्य सदस्यहरुलाई पनि बीमाबारे बुझाउन सक्छन् । त्यसले बीमाको जागरण विस्तार गर्न ठुलो सहयोग पुग्छ ।’

प्रतिक्रिया दिनुहोस्