Logo
Logo

प्रचण्डले एनसेलमा अर्बौंको भ्रष्टाचार गरे भनेर भ्रम छर्न थालिएको छ : प्रधानमन्त्री


630
Shares

महोत्तरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका र थालेका राम्रा कामलाई लिएर प्रतिक्रियावादीहरु आतंकित भएको टिप्पणी गरेका छन् । ती प्रतिक्रियावादीहरुले भ्रम फैलाएर जनतालाई आतंकित बनाउन खोजिएको समेत उनले बताए ।

आइतबार होत्तरीको बर्दिवास–३ स्थित जनता माद्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सवलाई सम्बिोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले देशव्यापी रुपमा थालेको सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा भएका कामबाट एकथरी मान्छे आतंकित बनेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘एकथरी मान्छेहरु मेरो नेतृत्वको सरकारले देशव्यापी रुपमा थालेको सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा भएका कामबाट आतंकित भएका रहेछन् । मलाई एनसेलमा अर्बौंको भ्रष्टाचार गरे प्रचण्डले भनेर जनतामा भ्रम छर्न थालिएको रहेछ ।’

प्रधानमन्त्री प्रचण्डले गठबन्धन र मन्त्रिपरिषद्को बैठकबाट एनसेलसम्बन्धी भएका समग्र गतिविधि छानबिन गर्न समिति बनाएपछि प्रतिक्रियावादीहरुले जानीबुझी सरकारका राम्रा कामको कुप्रचार गर्ने षड्यन्त्र रचेकाले यस्तो भ्रममा नपर्न सबैमा अपिलसमेत गरे ।

भारत, चीन, अमेरिका भ्रमण र संयुक्त राष्ट्रसंघ, इटालीको खाद्य सम्मेलन, कोप–२८ लगायतका सभा र सम्मेलनमा आफ्नो सहभागिताले नेपालको उपस्थितिमात्रै नभएर विश्वसामु नेपाल र नेपाली जनताको पक्षमा नयाँ आयाम थपेको उनको भनाइ छ ।
सरकारको एक वर्षमा देशको अर्थतन्त्रमा लगातार प्रयासपछि केही प्रगति भएपनि नयाँ वर्षबाट नयाँ प्रक्रियाबाट नेपालको अर्थतन्त्रलाई गति दिने आफ्नो प्रतिबद्धता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्