काठमाडौं । बाजुरामा ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ । आइतबार साँझ बढीमालिका नगरपालिका–२ मार्तडी गौमुलमा दुईवटा ट्याक्टरल ओभरट्याक गर्नेक्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार ट्याक्टरले अर्को ट्याक्टरलाई ओभरटेक गर्नेक्रममा एउटा खोलामा खसेको छ भने अर्काे भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ ।
सु प्र प ०१०० २ त ४१०५ नम्बरको ट्याक्टर खोलामा खसेको छ । उक्त ट्याक्टरमा सवार चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तीनजना पुरुष र एक महिला रहेका छन् । मृतकको नाम खलेको छैन ।














