Logo
Logo

दुई जिल्लाका सीडीओसहित चार उपसचिवको सरूवा


11.4k
Shares

काठमाडौं । दुई जिल्लाका सिडिओसहित चार उपसचिवको सरुवा भएको छ ।

गृह मन्त्रालयले दुई उपसचिवलाई म्याग्दी र बैतडीका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको हो । गृह मन्त्रालयमा कार्यरत उपसचिव भिमकान्त शर्मालाई बैतडी र उपसचिव लक्ष्मण ढकाललाई म्याग्दी सरुवा गरिएको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उपसचिव सुवास पौडेललाई काभ्रेको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । महेश कुमार गुरुङलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्