Logo
Logo

‘वेष्ट वाई कार अफ यूरोप’ अवार्ड बीवाइडी डल्फीनलाई


819
Shares

काठमाडौं । बीवाइडीको पछिल्लो सफल मोडल डल्फीनले यूरोपकै प्रतिष्ठित अवार्ड ‘वेष्ट वाई कार अफ यूरोप-२०२४’ अवार्ड जित्न सफल भएको छ । यो अवार्ड यूरोपभर बिक्री हुने कारहरुमध्ये उत्कृष्टलाई ‘अटोवेष्ट’ले प्रदान गर्दै आएको छ ।

डल्फीनले ठूला कार निर्माताका बलिया प्रोडक्टलाई उछिन्दै उक्त प्रतिस्पर्धामा अवार्ड हात पार्न सफल भएको हो । उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जीपको एभेन्जर परेका थिए ।

अष्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिको थियो । त्यसको लागि यूरोपभरका ३१ देशबाट आएका अटोवेष्ट पत्रकारहरुले मतदान गरेर डल्फीनलाई अवार्ड दिएका हुन् ।

उनीहरुले डल्फीनलाई फिचर लोडेड क्याविन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरिय प्रविधिको प्रयोग भएको पर्फेक्ट कारको संख्या दिएका थिए । त्यसमा सुरक्षीत र सफल ब्लेड ब्याट्रीको प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ । त्यसैले डल्फीनले २०–०५७ अंकसहित पहिलो स्थान सुरक्षीत गर्न सफल भयो ।

अटोवेष्टका जुरीले पहिलो पटक कुनै पनि बीवाइडीको मोडललाई ‘वेष्ट वाई कार अफ यूरोप २०२४ को अवार्ड दिएको हो । अवार्ड दिएपछि अटोवेष्टका अध्यक्ष भान भार्डीले भने, ‘बीवाइडी डल्फीनले बजारमा आएदेखि नै उत्कृष्ट पर्फमेन्स दिएको छ ।

हामीले दशककै सन्तुलित अटोवेष्ट प्रतिस्पर्धा गराएका छौं । यसमा डल्फीनले एक विद्युतीय साधनको रुपमा योग्य भएर शिर्ष उपाधि जित्न सफल भएको छ ।’

प्रतिक्रिया दिनुहोस्