Logo
Logo

विकास निर्माणमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक: यातायातमन्त्री


441
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विकास निर्माणमा तीन तहको सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

सोमबार ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन र विकास निर्माणमा स्थानीय, प्रदेश र संघीय सरकारबिच सहकार्य गर्न आवश्यक रहेको र त्यसका लागि संघीय सरकार तयार रहेको बताए ।

‘विकास निर्माण र संविधान कार्यान्वयनका लागि तीन तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक छ । पूर्वाधार विकास, फोहोर व्यवस्थापन, यातायात, शिक्षा, स्वास्थ्य, रोजगारीमा देखिएका समस्या समाधान लागि हातेमालो गर्न संघीय सरकार तयार छ’, उनले भने । काठमाडौँ उपत्यकामा देखिएका खाल्टाखुल्टी पुर्न भौतिक पूर्वाधार मन्त्रालयले काम गरिरहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्