Logo
Logo

मलेसियामा साथीको हत्या गरि नेपाल आउँदै गरेका व्यक्ति पक्राउ


1.6k
Shares

काठमाडौं । मलेसियामा साथीको हत्या पश्चात् हुलिया बदलेर नेपाल आउँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । इन्टरपोल मार्फत मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मलेसियामा एउटै कम्पनीमा काम गर्दै आएका महोत्तरी, गौशाला नगरपालिका– ५ का २४ वर्षीय अनिलकुमार साहले झापा शिवसताक्षी–३ का धनबहादुर प्रधानको हत्या गरेका थिए ।

पीडतका आफन्तले साहले हुलिया बदलेर नेपाल आउन लागेको सूचना प्रहरीलाई दिएपछि शनिबार मलेसियाबाट हिमालयन एयरलाइन्सबाट काठमाडौं आउँदै गर्दा प्रहरीले उनलाई त्रिभुवन विमानस्थलमा पक्राउ गरेको हो ।

साहविरुद्ध मृतककी श्रीमतीले हत्या आरोपमा किटानी जाहेरी दिएका छन् । उनको जाहेरीका आधारमा ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको जिलला प्रहरी परिसर काठमाडमौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्