Logo
Logo

मन्त्रीको निर्देशनपछि निगमका कर्मचारीको आन्दोलन स्थगित


441
Shares

काठमाडौं । नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।

सोमबार १३औँ दिनको दिनबाट उनीहरूले आन्दोलनका कार्यक्रमहरू हालका लागि स्थगित गरेका हुन् । उनीहरूले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग छलफल गरेका थिए । सोपश्चात मन्त्रीको निर्देशनमा आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव महेशप्रसाद भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीसँगको भेटमा मन्त्रीले ुग्राउन्ड ह्याडलिङुको विषयमा मन्त्रिपरिषद्‌बाटै निर्णय हुने भएको प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरेको बताए ।

उनले मन्त्री किरातीले नेपाल वायुसेवा निगमको ुग्राउन्ड ह्याडलिङुलाई सुरक्षित गर्ने र निर्णय गर्दा मन्त्रिपरिषद्ले गर्ने नजिर स्थापित गरेपछि स्थगन गर्ने निर्णय भएको बताए ।

मन्त्रालयले ‘ग्राउन्ड ह्याडलिङको बारेमा नेपाल वायुसेवा निगमलाई पत्राचार गरेको र सरकारले स्वामित्व लिने प्रतिबद्धता जनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्