
काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आजबाट सुरु हुँदैछ । सम्मेलनको उद्घाटना पोखरा सभागृहमा कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुने कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए ।
सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिन पाउनेछन् ।
बन्दसत्र भने भोलि पोखरा पार्टी प्यालेसमा हुनेछ ।














