Logo
Logo

भैसेपाटीको मन्त्री क्वार्टरमा आगलागी


3.1k
Shares

काठमडौं । ललितपुरको भैसेपाटीस्थित मन्त्री क्वार्टरमा आगलागी भएको छ । क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो । निर्माणको काममा खटिएका मजदुर बस्दै आएको टहरामा खाना पकाउने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ ।

उक्त आगो नियन्त्रणमा आइसकेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्