Logo
Logo

वैदेशिक रोजगारीमा पठाउने बाहनामा ६४ लाख ठगी


504
Shares

म्याग्दी । वैदेशिक रोजगारीमा पठाउने बाहनामा रु ४६ लाखभन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

म्याग्दी जिल्ला अदालतबाट छ दिन कैद र रु ४६ लाख सत्र हजार एक सय जरिवाना तोकिएका मङ्गला गाउँपालिका–४ (साविक बरङ्जा गाविस)–८ का ४३ वर्षीय गङ्गाबहादुर रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

विदेश नपठाएको र सङ्कलन गरेको रकम फिर्ता नगरेपछि नौ जना पीडितले रोकाको विरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेका थिए । रोकाले एक जनाबाट रु दुई लाखदेखि रु दश लाखसम्म ठगी गरेका थिए ।

प्रहरी निरीक्षक अशोककुमार झाका अनुसार सोमबार बरङ्जाबाट पक्राउ परेका रोकालाई मङ्गलबारनिज उपर लागेको दण्ड जरिवाना असुलउपरका लागि म्याग्दी जिल्ला अदालतमा पेश गरिएको छ ।

‘विदेश पठाउने भनेर पैसा उठाएका रोकाले विदेश नपठाएपछि पीडितलाई चेक दिएका रहेछन्’, प्रहरी निरीक्षक झाले भने, ‘पीडितलाई दिएको चेक नसाटिएपछि बंैकिङ कसुरमा म्याग्दी जिल्ला अदालतमा दायर गरेको मुद्दामा दोषी ठहर भएका हुन् ।’

बैंकिङ कसुरमा म्याग्दीमा पक्राउ परेकामध्ये रोका धेरै रकम ठगी गर्नेमा पर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्