Logo
Logo

चौतर्फी आलोचना भएपछि गगनले मागे माफी


3.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा लापरबाही भएको भन्दै माफी मागेका छन् । नेपाली कांग्रेसको पाल्पा सम्मेलनका क्रममा नगरपालिकाका भवनभरी नै कांग्रेसको झण्डा र ब्यानर टाँगेर कार्यक्रम गरिएको भन्दै चौतर्फी आलोचना भएपछि थापाले माफी मागेका हुन् ।

थापाले सामाजिक सञ्जालमार्फत् नगरपालिकाको ब्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर लापरबाही भएको बताएका छन् । उनले भनेका छन्, ‘यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो । त्यसप्रति म माफी चाहान्छु,’ थापाले लेखेका छन्, ‘पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ, आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं ।’

कांग्रेसको पाल्पा जिलला गत मंसिर ३० गते तानसेन नगरपालिकाको भवनमा भएको थियो । महामन्त्री थापा मुख्य अतिथि रहेको उक्त कार्यक्रममा नगरपालिकाको मुल ब्यानर छोपेर नेपाली कांग्रेसको ब्यानर राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्