Logo
Logo

एनसेल काण्ड ढाकछोप गर्न खोजियोः पोखरेल


567
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत लेखा समितिका सभापति ऋषिकेश पोखरेलले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल काण्ड ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत पोखरेलले राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर एनसेल काण्ड ढाकछोप गर्न खोजेको आरोप लगाएका हुन् ।

‘सरकारी सुण्ड मसुण्डहरू सार्वजिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्डसम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचारलाई छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपील गर्दछु’,उनले भनेका छन् ।

सुशासन समिति बैठकमा मंगलबार एनसेल प्रकरणलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ मागिएको थियो । सो क्रममा प्रधानमन्त्रीले एनसेल काण्डमा सरकार गम्भीर भएर लागेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्