Logo
Logo

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य


441
Shares

काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ । 

आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।

कृषि मन्त्रालयको प्रस्तावमा सरकारले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय भएको छ । यस्तै ५६५ रुपैयाँ प्रतिक्विन्टल उद्योगले दिने गरी न्यूनतम खरिद मूल्य तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्