Logo
Logo

चण्डेश्वरी माविलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि


315
Shares

काठमाडौं । रामेछापस्थित उमाकुण्ड गाउँपालिकाद्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चण्डेश्वरी मावि प्रितिले जितेको छ । चण्डेश्वरीले पाँच स्वर्ण, ६ रजत र ६ कास्य जितेको छ ।

दोस्रो स्थानमा कैलेश्वर मावि गुप्तेश्वरले पाँच स्वर्ण, पाँच रजत र ६ कास्य जितेको छ । तेस्रो बनेको सिद्धेश्वर मावि बाम्तीले पाँच स्वर्ण, पाँच रजत र २ कास्य पदक जितेको छ ।

महालंगुर मावि गुम्देलले पाँच स्वर्ण, दुई रजत र चार कास्य, कास्थेम मावि भुजीले चार स्वर्ण, ६ रजत र आठ कास्य, जनता मावि कुबुँकास्थलीले तीन स्वर्ण, चार रजत र तीन कास्य तथा सरस्वतीमावि सुनुवारधाराले तीन स्वर्ण, दुई रजत र पाँच कास्य जितेका छन् ।

प्रतियोगितामा १७ पदक जितेको चण्डेश्वरी माविले २० हजार, १६ पदक जितेको कैलेश्वर माविले १५ हजार, १२ पदक जितेको सिद्धेश्वर माविले १० हजार र ११ पदक जितेको महालङगुर माविले पाँच हजार पुरस्कार प्राप्त गरेको वडा नम्बर १ का वडाध्यक्ष ङावातिन्डु शेर्पाले बताए ।

विजेता खेलाडीलाई शिल्ड, मेडल, प्रमाणपत्र नगद पुरस्कारबाट पुरस्कृत गरिएको छ । गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको प्रमुख आतिथ्यता र गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदीप सुनुवारको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको हो ।

स्थानीय टोल विकास समितिलगायत युवाहरूको सहयोगमा प्रतियोगिता व्यस्थापन गरिएको वडाध्यक्ष शेर्पाले बताए ।
प्रतियोगिता अर्कोे वर्ष वडा नम्बर २ बास्तीले आयोजना गर्ने भएको छ । वडा नम्बर १ गम्देलले बाम्तीलाई झण्डासमेत हस्तान्तरण गरेको शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस्