Logo
Logo

युक्रेनमा चार नेपाली बन्दी (नामसहित)


819
Shares

काठमाडौं । सरकारले युक्रेनी जेलमा ४ नेपाली रहेको पुष्टि गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै युक्रेनमा चार जना नेपाली बन्दी अवस्थामा रहेको जानकारी दिएको हो ।

बन्दी बनाइएकाहरुलाई शीघ्र रिहा गरी नेपाल फिर्ता पठाउन युक्रेन सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको परराष्ट्रले बताएको छ । मन्त्रालयका अनुसार उनीहरुको रिहाइ र नेपाल फिर्तीका लागि अन्तर्राष्ट्रिय कमिटी अफ रेडक्रसलगायत अन्य माध्यमबाट पनि कूटनीतिक प्रयास भइरहेको जानकारी गराएको छ ।

मन्त्रालयमा अनुसार बर्दिया राजापुर–१ का विवेक खत्री, मण्डनदेउ–६, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, लेटाङ–२, मोरङका विकास राई र रून्तिगढी–८ रोल्पाका प्रतीक पुनलाई युक्रेनमा बन्दी बनाइएको छ । उनीहरूको रिहाइका निम्ति भगिरथ प्रयास गरिरहेको मन्त्रालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्