Logo
Logo

कांग्रेस मधेस प्रदेश सम्मेलन आजदेखि, सभापति देउवाले उद्घाटन गर्दै



काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलन हुँदैछ ।

आज (बिहीबार) उक्त सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

सम्मेलनको आयोजना धनकपुरधाममा गरिएको कांग्रेस मधेस प्रदेशले जनाएको छ ।

सम्मेलनको उद्घाटन ११ बजेदेखि सुरू हुने मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले बताए ।

उनका अनुसार आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनको बन्दसत्र मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुनेछ ।

कांग्रेसले यसअघि गत मंसिर १६ र १७ गते लुम्बिनी, पुस २ र ३ गते गण्डकी प्रदेश सम्मेलन सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्