Logo
Logo

वर्षमानको नेतृत्वमा रोल्पाका जनप्रतिनिधिले भेटे प्रधानमन्त्री


693
Shares

काठमाडौं । रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएका छन् ।

रोल्पाका संघीय सांसद् एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको नेतृत्वमा प्रतिनिधिहरुले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष बजेट अभावका कारण निर्माणाधीन शहीद मार्ग निर्माणको काम ढिलो भएको भन्दै रकम सुनिश्चितताका लागि आग्रह गरेका हुन् ।

आर्थिक वर्ष ०६४–६५ देखि सुरू दाङको घोराहीदेखि रोल्पाको होलेरी–घर्तीगाउँ हुँदै पूर्वी रुकुमको हुकाम–मैकोटसम्मको शहीद मार्ग निर्माणको कामले अझै पूर्णता नपाएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेता पुनले जानकारी दिए ।

उक्त सडकखण्डअन्तर्गत हाल होलेरी–दारबोट कालोपत्रेको कारणमा रहेको, दारबोट–घर्तीगाउँ–दुई खोली–खरिबोट खण्डमा कालोपत्रेका लागि ठेक्का भई काम सुरु भए पनि पर्याप्त बजेट अभावमा आयोजनाले अपेक्षित गति लिन नसकेको प्रधानमन्त्रीलाई जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्