Logo
Logo

इजरायलमा मारिएका नेपालीका परिवारलाई सरकारले दियो १०-१० लाख


567
Shares

काठमाडौं । पेलेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सरकारले १०–१० लाख रूपैयाँ क्षतिपूर्ति दिएको छ ।

गत असोज २२ गते मन्त्रिपरिषदको निर्णयअनुसार यस घटनामा परी निधन भएका नागरिकका परिवारलाई राहतस्वरुप प्रति परिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध अर्थ मन्त्रालयले जनाएको छ ।

यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई रकम निकासा दिएको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा मन्त्रालयले आर्थिक सहायता वितरणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागिसमेत ९ लाख ९५ हजार रुपैयाँ निकासा दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

गत असोजमा प्यालेस्टाइनको हमास लडाकुले इजरायलमा अप्रत्यासित आक्रमण गर्दा १० जना नेपालीको निधन भएको थियो । गाजाको किब्बुज भन्ने स्थानको आलुमिम फार्ममा प्रशिक्षणका लागि पुगेका नेपालीहरु हमासको आक्रमणमा परेका थिए । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट कृष्इिजरायल गएका थिए ।

प्रतिक्रिया दिनुहोस्