Logo
Logo

कांग्रेस मधेस प्रदेश सम्मेलनको बन्दसत्र जारी 




जनकपुर  । नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र जारी छ । 

जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र जारी छ । 

बन्दसत्रमा महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेस गरेका छन् भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेस गरेका छन् । 

प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ सहभागी रहेको छन् । 

प्रतिक्रिया दिनुहोस्