Logo
Logo

देशका विभिन्न शहरमा शिवम् सिमेन्टको ‘शिवम् सन्देश’



काठमाडौं । नेपालकै अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टले जानकारीमुलक भिडियो सन्देश ‘शिवम् सन्देश’ सार्वजनिक गरेको थियो । भिडियोमा ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौंजुग रहिरहने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरुको संग्रह हो ।

शिवम्ले देशका मुख्य शहरमा विभिन्न क्रियाकलाप गरी शिवम् सन्देशको प्रचार–प्रसार गरेको छ । इटहरीबाट सुरु गरेको प्रचार–प्रसार जनकपुर, नारायणगढ, हेटौंडा, विरगञ्ज लगायतका शहरमा प्रमोटरहरु राखी चोक–चोकमा स्टाण्ड बोर्ड प्रदर्शनी, पर्चा वितरण, क्यूआर स्केन तथा अन्य क्रियाकलापहरु गरी शिवम् सन्देशबारे जानकारी दिइएको छ ।

देशका विभिन्न शहरमा शिवम्ले शिवम् सन्देशको प्रचार गर्न लागिएको कम्पनी प्रतिनिधिले जानकारी दिएका छन् । शिवम् सिमेन्टले आफ्नो प्रचार–प्रसारमा विभिन्न समयमा नयाँ नयाँ उपायहरु अपनाउँदै आइरहेको छ ।

घर निर्माणका पूर्व योजनाहरु बनाउँदै गर्दा वा घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनुपर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू सन्देशमा समावेश गरिएको छ । घर बनाउने जग्गाको छनौट गर्ने सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने, विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पु¥याउने आदि जस्ता थुप्रै अति उपयोगी जानकारीहरू समेटिएको शिवम् सन्देशले ‘भरोसा अटुट सम्बन्धको’ भन्ने नारालाई अझै उचाइमा पु¥याएको कम्पनीको दाबी छ ।

भूकम्प र बाढीपहिरो जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने, इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ, घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने ? जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरू सन्देशमा समेटिएका छन् ।

साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरू पनि यसमा समेटिएको छ । सन् २००३ मा हेटौंडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्