Logo
Logo

कांग्रेस बागमती प्रदेशको सम्मेलन आज



काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन हुँदैछ । सम्मेलन आज (शनिबार) बिहान साढे ८ बजे काठमाडौंमा सुरू हुनेछ ।

उक्त सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने कांग्रेस बागमती प्रदेशले जनाएको छ ।

कांग्रेसको विधानबमोजिम ७८२ प्रदेश सम्मेलन प्रतिनिधि, बागमती प्रदेशभित्रका कांग्रेस सांसद, क्षेत्रीय सभापतिको सहभागिता रहने बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेस गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्