
चितवन । चितवनमा भएको कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कालिका नगरपालिका–१ लंकालाइनस्थित सडक खण्डमा बा ११ च ८७८९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते चालक २५ वर्षी्रय बिष्णु क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














