Logo
Logo

सभापति देउवाद्वारा कांग्रेस बागमती प्रदेश सम्मेलन उद्घाटन



काठमाडौं । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन सुरू भएको छ ।

शनिबार बिहान ८ बजे काठमाडौं सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा उक्त सम्मेलन सुरू भएको हो ।

सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका छन् । बागमती प्रदेश समितिको सम्मेलनमा उपसभापति धनराज गुरूङ महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताहरूको सहभागिता रहेको छ ।

सम्मेलनमा पार्टीको कामकारबाही समीक्षा र आगामी वर्षको संकल्प प्रस्तावबारे छलफल हुने बताइएको छ ।

कांग्रेसको विधान बमोजिक वर्षमा एकपटक प्रत्येक प्रदेशको कार्यसमितिको सम्मेलन गर्नुपर्ने हुन्छ । सोही बमोजिम बागमती प्रदेशले सम्मेलन गर्न लागेको हो ।

यसअघि मधेस, गण्डकी र लुम्बिनी प्रदेशले सम्मेलन सम्पन्न गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्