Logo
Logo

अहिले सबै एकतावद्ध हुने बेला भएको छ : देउवा


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले अहिले देश संकटपूर्ण अवस्थामा उभिएको बताएका छन् । काठमाडौंमा जारी कांग्रेसको बाग्मती प्रदेश सम्मेलनलाई शनिबार सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देश संकटपूर्ण अवस्थामा उभिएकाले यो बेला सबै एकतावद्ध हुनुपर्ने बताए । उनले नेपाललाई समावेशी, समानुपातिक व्यवस्थामा पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेसले यो संकटको अवस्थामा नेतृत्वदायी भूमिका खेल्नुपर्ने पनि बताए ।

सभापति देउवाले भने, ‘अहिले देश संकटपूर्ण अवस्थामा उभिएको छ । यस्तो अवस्थामा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेर देशलाई जोगाउनुपछए ।’ उनले सबै क्षेत्रमा आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको प्रतिनिधित्व हुने व्यवस्था भएकाले यो व्यवस्था अत्यन्त महत्वपूर्ण रहेको बताए ।

कांग्रेसलाई अझै सुदृढ गर्न र यसलाई ग्रास लेभलबाटै पूर्ण रुपमा प्रतिवद्ध गराइ बलियो बनाउन लाग्न पनि उनले नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्