Logo
Logo

प्रधानमन्त्री कप क्रिकेट : कोशीले दियो मधेसलाई एक सय ३० रनको चुनौती



काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितको लागि एक सय ३० रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२९ रनको योगफल बनाएको हो । कोशीका लागि कप्तान रुबीना क्षेत्रीले सर्वाधिक ५७ रनको योगदान दिइन् ।

उनले ६४ बल खेल्दै नौ चौकाको मद्दतमा ५७ रनको योगदान गरेकी हुन् । त्यस्तै अप्सरी बेगमले ३९ रन बनाइन् । उनले ४१ बलमा सात चौकाको मद्दतमा ३९ रन बनाएकी हुन् । सबनम राईले अविजित १६ रन जोडिन् ।

उनले आठ बलमा दुई चौकाको सहायताले १६ रन जोडेकी हुन् । त्यसैगरी लकिता राजबंशीले छ तथा नमिता श्रेष्ठले अविजित दुई रन बनाइन् ।

बलिङतर्फ मधेश प्रदेशकी मीना महतोले दुई विकेट लिइन् भने पूजा महतो र सरस्वती चौधरीले एक विकेट झारिन् । मधेश प्रदेस अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया दिनुहोस्