Logo
Logo

उद्योगमा विद्युत् आपूर्ति नरोक्न संघको आग्रह



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनबाट लिएको बिजुलीको महसुल भुक्तानी नगरेका उद्योगको लाइन काटेको प्रति नेपाल समुन्द्रपार निकासी पैठारी संघले विरोध गरेको छ ।

सम्बन्धित उद्यमीले देशमा लोडसेडिङ अन्त्य भइसकेपछि डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिन प्राधिकरणमा आवेदन नै नदिएको अवस्थामा प्राधिकरणले ६७ प्रतिशतसम्म महसुल थप गरी बिल पठाएको संघले बताएको छ ।

बिजुली उपभोग गरेको प्रमाण प्राधिकरणले दिन नसकेको भन्दै संघले लाइन काट्नु दुखःद् भएको बताएको छ । यसबाट मन्दीको चपेटामा परेको अर्थतन्त्र र कठिन परिस्थितिको सामना गरिरहेको उद्योग, व्यवसायमा गम्भीर धक्का लाग्ने र उद्यमी व्यवसायीको मनोबल अझै खस्किने संघले बताएको छ ।

यो विषयलाई दुवै पक्षले जित्ने गरी यथाशीघ्र सम्बोधन गर्न, विद्युत् आपूर्ति काटिएका उद्योगहरुमा तत्काल आपूर्ति सुचारु गर्न तथा यही निहुँमा थप उद्योगहरुमा आपूर्ति नरोक्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्