Logo
Logo

कृषि वैज्ञानिक कालिकाप्रसाद उपाध्यायको संस्मरण ‘गुरूदक्षिणा’ सार्वजनिक





काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का वैज्ञानिक डा. कालिकाप्रसाद उपाध्यायद्वारा लिखित पुस्तक ‘गुरुदक्षिणा’ प्रकाशित भएको छ । 

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख समेत रहेका वैज्ञानिक डा. उपाध्यायले आफ्ना स्कुले साक्षी दिने गुरुहरू विद्यालयबारे संस्मरणात्मक पुस्तक प्रकाशित गरेका हुन् । 

बर्दियाको बगनाहा स्थित चुरे माध्यमिक विद्यालयको ५० औँ स्वर्ण महोत्सवको अवसरमा उपाध्यायद्वारा लिखित संस्मरणात्मक पुस्तक गुरुदक्षिणाको विमोचन समेत भएको छ । 

चुरे माविका पूर्व विद्यार्थी समेत रहेका डा। उपाध्यायद्वारा लिखित पुस्तकको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी प्रदेशसभा सदस्यद्वय जन्मजय तिमिल्सिना र कृष्णा कुश्मा थारुलगायतले संयुक्त रुपमा विमोचन गरेका थिए । 

आफ्ना स्कुले जीवनका गुरुहरूको स्मरण गर्दै पुस्तक प्रकाशन गरेको पुस्तकका लेखक डा. उपाध्यायले बताए । 

पुस्तकमा चुरे माध्यमिक विद्यालयमा अध्ययनरत छँदा आफूलाई अध्यापन गराउँने शिक्षकहरू कृष्णप्रसाद पौड्याल, मदन ज्ञवाली, राममणि शर्मा, नन्दगोपाल श्रीवास्तव, भोजराज पण्डित, तिलकप्रसाद शर्मा शास्त्री, किरुलाल थारु, रेश्मीराज सुवेदी, सन्तराम बस्याल, ध्रुवबहादुर शाह, फुलराम थारु, गजेन्द्र घर्तीमगर, ओमराज ढुंगाना, दुर्गा जोशी, मक्कुराम थारु, नरहरि बजगाई, कृष्णबहादुर केसी र बुद्धिमान चौधरीबाट परेको छाप, सिकाइका अनुभव र अनुभूतिलाई संस्मरणात्मक रुपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्