Logo
Logo

लुम्बिनी प्रदेश : नवनियुक्त मन्त्रीद्वयद्वारा शपथ



लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नेकपा (माओवादी केन्द्र)का कृष्णा केसीलाई सहरी विकासमन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त गरेका थिए ।

नवनियुक्त दुवै मन्त्रीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराए ।

बाँकेकी केसी र प्यूठानका थापा दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य छन् । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको संख्या नौ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्