Logo
Logo

आरती साहका पति मोतिबावु पक्राउ


630
Shares

काठमाडौं । आरती साहको मृत्य प्रकरणमा प्रहरीले उनका श्रीमान् मोतिबावुलाई पक्राउ गरेको छ ।

उनलाई जनकपुरबाट पक्राउ गरिएको धनुषाका एसपी मित्रबन्धु शर्माले जानकारी दिए ।

मोतीबाबुलाई पक्राउ गरेर पुनः थुनामा पठाउन सर्वोच्च अदालतले आदेश गरेको थियो ।

गत मंसिर २० मा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठले सो आदेश गरेका हुन् ।

सर्वोच्चको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको एसपी शर्माले जानकारी दिए ।

२०८० जेठ ७ मा जनकपुर उप–महानगरपालिका–९ थापा चोकमा रहेको आफ्नै घरमा आरती मृत फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्