Logo
Logo

राष्ट्रियसभा निर्वाचन : उम्मेदवार चयन गर्न जसपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान


504
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ ।

बैठक आज (मंगलबार) बिहान १० बजेका लागि आह्वान गरिएको प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठक पार्टी कार्यालय बालकुमारीमा आह्वान गरिएको हो ।

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट, पुस २५ देखि राजनीतिक समिति, २७ गते बस्ने केन्द्रीय समितिको बैठकको तयारी, केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्