Logo
Logo

पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु


567
Shares

पोखरा । पोखरामा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।

गएराति कारले ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उक्त कार्यालयका अनुसार बाग्लुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले गएराति पौने १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी बाग्लुङको ढोरपाटन नगरपालिका–६ घर भई नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र नामथर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ ।

ठक्कर दिने कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्